Breaking News.... EverestOnlineKhabar
June 19, 2026

नुवाकोटबाट अर्जुनरनरसिंह केसी प्रत्यक्षतर्फ सिफारिसमै परेनन

Loading

नुवाकोट । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम केन्द्रीय सदस्य आसन्न प्रतिनिधि सभा चुनावका लागि नुवाकोटका दुवै क्षेत्रबाट प्रत्यक्ष तर्फ सिफारिसमै पर्न सकेनन । पार्टीको दुवै निर्वाचन क्षेत्रका समितिहरुले उनको नाम प्रत्यक्ष तर्फ सिफारिस गर्न चाहेनन् ।
पार्टी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका पूर्व मन्त्री केसीको नाम प्रत्यक्ष तर्फ सिफारिस नगरी दुवै निर्वाचन क्षेत्रबाट समानुपातिक तर्फ भने सिफारिस भएको छ । केसीको नाम प्रत्यक्ष तर्फ सिफारिस नहुनुलाई आश्चर्यका रुपमा हेरिएको छ ।

कांग्रेस क्षेत्रिय समितिले प्रतिनिधि सभाका निम्ति प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ बाट डा. रामशरण महत र डा.प्रकाश शरण महतको नाम सिफारिस गरेको छ । दुई नम्बर निर्वाचन क्षेत्रबाट डा. प्रकाशशरण महत र बहादुर सिंह लामाको नाम सिफारिसमा परेको छ ।
त्यस्तै, प्रदेश सभा चुनावका निम्ति क्षेत्र नम्बर १ को १ बाट जगदीश्वरनरसिंह केसी सहित चार जनाको नाम सिफारिसमा परेको छ । यस्तै अर्कोमा रमेश महतसहित चार जनाको नाम सिफारिस गरिएको छ ।

उता, क्षेत्र नम्बर २ को १ मा एस के नेपालसहित चार जनाको नाम सिफारिस गरिएको छ भने अर्कोमा जगत तामाङ्कको एकल नाम सिफरिस गरिएको छ ।

प्रतिनिधि सभाका निम्ति डा.प्रकाशशरण महतको नाम दुवै क्षेत्रबाट सिफारिस हुँदा अर्जुननरसिंह केसीको नाम दुवै क्षेत्रिय समितिले किन सिफारिस गरेन सबैको चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed