![]()
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको तयारी र व्यवस्थापनमा सहयोग खटिने सरोकारवाला पक्षहरुलाई बुधवारबाट प्रशिक्षण दिन सुरु गरेको छ । मंंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा खटिनेहरुलाई आयोगले बुधबारदेखि प्रशिक्षण दिन थालेको हो ।
पहिलो दिन बुधबार सन्चारकर्मीहरुलाई प्रशिक्षण दिँदै आयोगले आचारसंहिताको पूर्णरुपमा पालना गर्दै निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरेको छ ।
आयोगले निर्वाचनको तयारी द्रुतगतिमा अघि बढिरहेको बताउँदै मतपत्रको डिजाइन र छपाइ सुरु भइसकेको जानकारी गराएको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै आयोगका सचिव डेगेन्द्रुराज शर्माले निश्पक्ष र धाँधलीरहितरुपमा निर्वाचन सम्पन्न गर्न आयोग एक्लैले नसक्ने भएकाले सबै सरोकार पक्षहरुलाई सहयोग पु¥याउन आग्रह गरे ।
निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले बाँकी निर्वाचन सफलतापूर्वक सम्पन्न भएमा संविधानको कार्यान्वयन र अग्रगामी परवर्तनका लागि निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आयोगले निर्वाचनमा खटिने सबै पक्षलाई चरणबद्धरुपमा ९ ओटा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।


