Breaking News.... EverestOnlineKhabar
June 19, 2026

उदितनारायणका छोरा आदित्यनारायणले भारतको रायपुर एयरपोर्टमा गरे बबाल

Loading

एजेन्सी । गायक उदितनारायण झाका छोरा आदित्य नारायणले भारतस्थित रायपुर एयरपोर्टमा इन्डिगोका कर्मचारीलाई गाली गरेका छन् । कन्सर्ट सिध्याएर रायपुरबाट मुम्बई फर्कने क्रममा रायपुर एयरपोर्टमा खटिएका इन्डिगोका कर्मचारीले बढी सुटकेसको लागि १३ हजार भारु शुल्क तिर्नुपर्ने बताएपछि विवाद चर्किएको थियो ।

‘मुम्बई पुगेपछि मैले जानेको छु । तेरो कट्टु उतारिन भने मेरो नाम आदित्य नारायण होइन,’ ड्युटीमा खटिएका कर्मचारीलाई गाली गर्दै उनले भनेका थिए ।

उनले ड्युटीमा खटिएका कर्मचारी गाली गरेको भिडियो सामाजिक संञ्जालमा भाइरल भएको छ । भिडियो भाइरल भएपछि सामाजिक संञ्जालमा आदित्य नारायणप्रति नकारात्मक प्रतिक्रिया आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed