Breaking News.... EverestOnlineKhabar
June 19, 2026

राम रहिमकी छोरी भनिएकी हनिप्रित जेलमा रातभर रोइन

Loading

एजेन्सी । प्रहरी नियन्त्रणमा रहेका राम रहिमकी छोरी भनिएकी हनिप्रित पक्राउपछि रातभर जेलमा रहिन । भारतीय संचार माध्यमका अनुसार हनिप्रितले पूरा रात रोएरै बिताइन् । उनले खाना पनि खाइनन् । हनिप्रितलाई उनको कारमा पक्राउ परेकी महिला सुखदीप कौरसँगै जेलभित्र राखियो ।

हनिप्रितलाई हरियाणा पुलिसले मंगलबार दिउँसो जीरकपुर–पटियाला हाइवृेबाट पक्राउ गरेको थियो । राम रहिमलाई अगस्ट २५ तारिखमा बलात्कारको केसमा सिबिआई अदालतले दोषी ठहर गरेको थियो ।  पक्राउ पछि हरियाणा पुलिसले हनिप्रितलाई पंचकूलाको सेक्टर–२३ स्थित चन्डीमन्दिर पुलिस स्टेशन पुर्यायो । उनलाई पुलिसले चार घण्टासम्म सोधपुछ गर्यो ।

चन्डीमन्दिर पुलिस स्टेशनमा सोधपुछपछि बेलुका ७ बजे उनलाई जेल पठाइयो । उनलाई एक कप चिया दिइयो । उनले चिया पिइन् र निकै बेरसम्म चुपचाप बसिन् । पुलिसले करिब साढे सात बजे हनिप्रितलाई जेल बाहिर निकाल्यो । करिब दुई घण्टा पुनः सोधपुछ गर्यो ।
हनिप्रितलाई करिब साढे ९ बजे पुनः जेलभित्र थुनियो । केही बेरपछि रातीको खाना दिइयो । खानामा दाल र रोटी थियो । उनले खान अस्विकार गरिन् । हनिप्रित रातभरी रोइरहिन् । हनिप्रितलाई उनीसँगै कारमा पक्राउ परेकी महिला सुखदीप कौरसँगै राखियो । सुखदीप बठिंडाकी हुन् । उनका पूरा परिवार डेरेका पुराना अनुयायी हुन् ।

राती साढे १२ बजे हनिप्रितले स्वास्थ्य ठिक नभएको बताएपछि उनलाई अस्पताल पुर्याइयो ।

हनिप्रितलाई सोधिएका प्रश्न यस्ता थिए : 

  • के पुलिसले छापा मार्ने कुराको जानकारी पाइन्थ्यो ? हो भने को मार्फत ? यदि होइन भने बाडमेर, श्रीगंगानगर, रामसर मोडिया, उदयपुर, यूपी, दिल्ली, गुरुग्रामबाट छापा मारिनु ठिक अघि कसरी भाग्न सफल भए ?
  • पंचकूलामा हिंसा भड्काउनका लागि कति पैसा पठाइयो ? मुख्य भूमिका कसको थियो ?
  • हिंसा भड्काउनमा गुरमितको के भूमिका छ ?
  • डेराको ४५ सदस्यीय कमिटिमा समावेश मानिसहरुको के भूमिका थियो ?
  • पवन, आदित्य इंसासँग अन्तिम पटक कहिले कुरा भयो, उनीहरु दुई कहाँ छन् ?
  • रोहतकको सुनारिया जेलबाट निस्किएपछि पुलिसको अगाडि किन आएन ?
  • हनिप्रितले सबै प्रश्नको उत्तर दिएको भारतीय संचार माध्यमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed