Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौं । नेपाली कांग्रेसले बृहत लोकतान्त्रिक गठबन्धन बनाउन औपचारिक पहल सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने र त्यसका लागि कांग्रेसले पहल गर्ने निर्णय गरेको हो ।

काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यसहित कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक दलहरुलाई गठबन्धनका लागि आव्हान समेत गरेको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, राप्रपा लगायतका लोकतान्त्रिक दलहरुलाई संयुक्त बैठकका लागि आव्हान गरेको छ ।

सत्तारुढ दल नेकपा माओवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच निकट भविष्यमा पार्टी एकता गर्ने गरी तत्काल चुनावी तालमेल गर्ने औपचारिक सहमति भएपछि कांग्रेस पार्टीको आगामी रणनीति बनाउन जुटेको हो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनाए पनि कांग्रेसका नेताहरुले भने माओवादीसंगको सम्बन्धमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन् ।

मंगलबार नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल गर्ने र चुनाव लगत्तै पार्टी एकता गर्ने गरी ६ बुँदे सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed