![]()
काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टिमको घोषणा भएको छ । आज २३ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो ।
छनोट हुने खेलाडीमा विराज महर्जन, किरणकुमार लिम्बु, विकेश कुथु, एलन न्यौपाने, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल, सुनिल बल रहेका छन् । त्यस्तै, विमल घर्तिमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास, अन्जन विष्ट, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ पनि टिममा परेका छन् ।
नेपालले असोज २४ गते ताजिकिस्तानसँग उसैको भूमिमा अवे खेल खेल्नेछ । यसअघि एन्फा कम्प्लेक्समा भदौ २० गते भएको होम खेलमा नेपाल २–१ गोलअन्तरले पराजित भएको थियो ।
समूह एफमा रहेको नेपालको ३ खेलबाट १ खेलमा बराबरी र दुई खेलमा पराजय बेहोरेको छ । नेपाल तालिकाको पुछारमा छ भने शीर्ष स्थानमा फिलिपिन्स रहेको छ ।
नेपालले अब फिलिपिन्ससँग होम खेल खेल्न बाँकी छ भने यमनसँग अवे खेल खेल्न बाँकी छ । समूहको विजेता र उपविजेताले सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपमा भाग लिन पाउनेछन् ।


