Breaking News.... EverestOnlineKhabar
June 19, 2026

रसियाली सेनाको आक्रमणमा परी सिरियामा ३०४ जनाको मृत्यु

Loading

एजेन्सी,१८ असोज ।
रसियाली सेनाको हवाई आक्रमणमा परी सिरियामा ३०४ जना मारिएका छन् । सिरियाली सेनालाई सघाइरहेको रुसी सेनाको हवाई आक्रमणमा यूफ्रेट्स नदीको पूर्वी किनारामा बस्दै आएका ३०४ विद्रोही दुई दिनमा मारिएको दावी रसियाली रक्षा मन्त्रालयले गरेको हो ।
मारिनेमा सात जना आइएसका विभिन्न तहका स्थल कमाण्डर रहेको दावी रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभको छ ।
आक्रमणमा अरु १७० जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणबाट विद्रोहीले प्रयोग गर्दै आएका आश्रयस्थल, थुप्रै बन्दोबस्तीका सामान तथा हतियार पनि नष्ट भएको दावी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed