Breaking News.... EverestOnlineKhabar
June 19, 2026

क्याटालोनियाले स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने ?

Loading

एजेन्सी,१८ असोज ।
क्याटालोनियाले स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने भएको छ । क्याटालोनिया स्वायत्त प्रदेशका नेता कार्लस् पुईगदेमोन्टले आफ्नो सरकारले स्पेनबाट छुट्टिएको घोषणा यसै हप्ताको आखिरीमा गर्ने बताएका हुन् ।
बीबीसीसँग कुरा गर्दै उनले आउँदो हप्तासम्ममा यो कार्य सम्पन्न गरिसक्ने् बताए । क्याटालोनियालाई अलग गर्ने घोषणा गर्दा स्पेनिस सरकारले हस्तक्षेप गरेमा त्यो ठूलो भूल हुने र त्यसले सबैथोक परिवर्तन गर्ने चेतावनी उनको छ ।
यसैबीच, स्पेनका राजा फिलिप छैठौंले भने जनमत संग्रह गराएर आयोजकले कानून विपरित काम गरेको भन्दै स्पेन निकै कठीनमा मोडमा पुगेको उल्लेख गरेका छन् ।
आफ्नो टेलिभिजन सम्बोधनमा राजा फिलिपले क्याटेलन नेताहरुले जनमत संग्रह गराएर राज्यको शक्तिप्रति अनादर गरेको र आयोजकले प्रजातान्त्रिक नीति र कानूनी शासन तोडेको बताए ।
क्याटालन समाज विभाजित भएको भन्दै उनले यसले निकै धनी मानिएको उत्तर–पूर्वी स्पेनिस राज्य र पूरै स्पेनलाई खतरामा धकेलेको टिप्पणी पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed