Breaking News.... EverestOnlineKhabar
June 24, 2026

‘मोष्ट डिमाण्डेड’ हनिप्रित मोहालीबाट पक्राउ

Loading

बिबिसि । राम रहिमकी कथित छोरी हनिप्रितलाई डेराबस्सी पुलिसले मोहालीबाट पक्राउ गरेको छ । उनले पंजाब र हरियाणा हाइकोर्टमा आत्मसमर्पण गर्ने चर्चा चलिरहेकाबेला उनलाई पक्राउ गरिएको हो ।

राम रहिमलाई गत अगस्ट २५ तारिखमा बलात्कारको मुद्दामा सिबिआई कोर्टले दोषी ठहर गरेको थियो । उनी हेलिकोप्टरमा बाबासँगै रोहतक पुगेपनि त्यसपछि भने फरार भएकी थिइन । ३९ दिनपछि हनिप्रित पहिलो पटक मिडियाको सामुन्ने आइन् र बुवा जेल गएपछि आफू एक्लै भएको बताइन् । भारतीय प्रहरीले हनिप्रितमाथि पनि देशद्रोहको मुद्दा दर्ता गरेको छ । हनिप्रित भन्छिन, ‘के एउटी छोरीले आफ्नो बुवालाई प्रेम गर्न सक्दिन ?’

हनिप्रित भन्छिन, ‘जुन हनिप्रितलाई तपाईंले मिडियामा देखाउनुभयो, उनी त्यस्ती छैनन् । उनलाई यसरी देखाइयो कि म आफैं उक्त पात्रसँग डराउन थालेकी छु । म आफ्नो मानसिक स्थिती बयान गर्न सक्दिनँ । मलाई देशद्रोही भनिएको छ जुन नितान्त गलत हो । आफ्नो बुवासँग एक छोरी अदालत पुग्छिन् । यस्तो अनुमती बिना सम्भव छैन ।’

‘एक युवती यति धेरै आर्मीका बिच एक्लै अनुमती बिना कसरी अदालत जान सक्छिन् ? मलाई गलत ठहराइयो । सबै प्रमाण संसारसामू छ । मलाई लागेको थियो कि बिहान अदालत जान्छौं र बेलुका फर्कनेछौं ।’

राम रहिमसँगको सम्बन्धबारे हनिप्रितले भनिन, ‘मैले बुझ्न नसकेको कुरा के भने एक छोरी र बुवाको पवित्र सम्बन्धलाई किन यति धेरै बढाइएको छ । मेरो डरको कारण नै यहि थियो कि हनिप्रितलाई कसरी प्रस्तुत गरियो । बुवा र छोरीको सम्बन्धलाई निकै नराम्रो बनाइयो । के एउटा बुवाले छोरीको टाउकोमाथि हात राख्न सक्दैन ? के एक छोरीले आफ्नो बुवालाई प्रेम गर्न सक्दिनँ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed