![]()
कपिलवस्तु । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं सांसद अभिषेक प्रताप साहले पार्टी परित्याग गरेका छन ।
उपमहासचिव साहले मंगलबार आफ्नो गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गरी पार्टीको सम्पूर्ण जिम्मेबारी तथा साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

साह असोज १९ गते काँग्रेस पार्टीमा प्रवेश गर्नेछन् । पार्टीका अध्यक्ष उपेन्द्र यादवको हैकमवादी सोच र काम गर्ने तरिकाका कारण पार्टी छाडेको साहको बिज्ञप्तीमा उल्लेख छ । अध्यक्ष यादवमा यादववाद हावी रहेको उनको आरोप छ । पार्टीलाई पूर्वमा मात्र सिमित गरेको र पश्चिमका नेतालाई हेला गरेको उनको आरोप छ । पश्चिमका नेतालाई कुनै जिम्मेवारी समेत नदिएको गुनासो गर्दै उनले आगामी चुनावमा कसलाई सांसद बनाउने भनेर यादवले अहिले नै पैसा उठाइरहेको आरोप लगाएका छन ।
उपेन्द्र यादवले उम्मेदवार बन्ने नेताहरुलाई संसद बन्नुछ भन्ने पैसा लिएर आउनुस् भनेको भन्दै उनले यस्तो घटिया राजनीति गर्ने व्यक्तिसँग बस्न सम्भव नरहेको बताएका छन ।


