![]()
बिबिसि । अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट शृंङ्खला जित्दै भारत विश्व वरियताको शीर्ष स्थानमा फर्किएको छ । अष्ट्रेलियाविरुद्धको पाँचौ तथा अन्तिम एकदिवसीय खेल ७ विकेटले जित्दै भारतले शृङ्खला ४–१ ले आफ्नो पक्षमा पारेको हो ।
अन्तिम खेलमा अष्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य भारतले ४२ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतका रोहित शर्माले १ सय २५, अजिन्क्या रहानेले ६५ तथा विराट कोहलीले ३९ रन बनाए । नागपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेट गुमाएर २ सय ४२ रन मात्रै बनाएको थियो । उसका लागि डेभिड वार्नरले ५३, मार्कस स्टोइनिसले ४५ तथा ट्राभिस हेडले ४२ रन बनाए । भारतका अक्षर पटेलले तीन तथा जस्प्रित बमराहले दुई विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच शर्मा र म्यान अफ द सिरिज हार्दिक पाण्डे चुनिए ।
भारत भ्रमणमा रहेको अष्ट्रेलियाले ३ वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल पनि खेल्ने छ ।


