![]()
बिबिसि । इङ्लिस प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनल र बर्नले विजयी भएका छन् । आफ्नै मैदानमा भएको खेलमा आर्सनलले ब्राईटनलाई २–० ले हरायो । आर्सनलका लागि अलेक्स ईओबी र नाचो मोन्रियालले एक/एक गोल गरेका थिए । यसैगरी बर्नले एभर्टनलाई उसैको मैदानमा १–० ले पराजित गर्यो । बर्नलेका लागि जेफ हेन्ड्रिकले निर्णायक गोल गरे ।
प्रिमियर लिग अन्तर्गत अर्को खेलमा न्युकासल युनाईटेडले लिभरपुललाई १–१ गोलको बराबरीमा रोकेको छ । न्युकासलको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुलका फिलिप कौटिन्होले पहिलो गोल गरे । तर घरेलु टोलीका जोसेलुले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।


