Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

दोलखा । दोलखा भीमेश्वरको शीलामा पसिना आएपछि सोमबार क्षमापूजा गरिएको छ । एक साताअघि भीमेश्वरलाई एकै दिन दुई पटक पसिना आएपछि संकट टरोस् भन्दै क्षमापूजा गरिएको हो ।

राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्रीसहितले दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो । भीमेश्वरलाई पसिना आएपछि पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ । सोहीअनुसार राष्ट्रपति कार्यालयबाट पठाएको पूजासामग्रीसहितले भीमेश्वरमा क्षमापूजा गरिएको हो ।

पसिना पुछिएको कपास ‘महाप्रसाद’ ग्रहण गर्दै राष्ट्रपतिले मुलुकमा कुनै संकट नआओस् भन्ने कामना गर्नुभएको थियो । सोही कामनासहित दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो । पूजाका क्रममा १३ जना पण्डितबाट लघुरुद्री गरिएको थियो ।
क्षमापूजा समापनपछि पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.