Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले  संसद्को तल्लो सदन भंग गरेका छन् ।  बीबीसीले जनाएअनुसार गत सोमवार यही अक्टोबर २२ मा संसद्को मध्यावधि निर्वाचन  घोषणा गरिएको थियो ।

कोरियाली आणविक संकटपछि उनको समर्थन बढेको मौका छोपेर प्रधानमन्त्री आबेले मध्याविध निर्वाचनको घोषणा गरेको अनुमान गरिएको छ । दक्षिणपन्थी आबे सन् २०१२ मा प्रधानमन्त्री भएका थिए । उत्तरकोरियाले जापानी आकाशमा हालै २ वटा क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रवादी छवि भएका प्रधानमन्त्री आबेको समर्थन बढेको छ ।

उनको प्रतिद्वन्द्विता टोक्योकी पहिली गवर्नर तथा पूर्व रक्षा मन्त्री युरिको कोइकेसँग हुने सम्भावना देखिएको पनि बीबीसीले जनाएको छ । गवर्नर युरिकोले हाले कन्जरवेटिव पार्टी गठन गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed