Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । जीवित देवीको रुपमा मानिने कुमारीको परिर्वतन गरिएको छ । विभिन्न विधि र प्रक्रिया पुरा गर्दे गुठी संस्थान काठमाडौले विहिबार विधिवत रुपमा कुमारी परिर्वतन गरेको हो ।

विहिबार मध्यान्ह १२ बजेको शुभसाईतमा कुमारीलाई हनुमानढोकास्थित कुमारी घरमा रहेको कुमारीको सिंहासनमा विराजमान गराईएको हो । त्यसअघि कुमारीलाई हनुमानढोकाको मुल चौकमा लगिएको थियो । मुल चौकमा दर्शन गराएपछि कुमारीलाई कुमारी घर लगि कुमारीको सिंहासनमा विराजमान गराईएको हो ।

प्रतिस्थापन गरिएकी नयाँ कुमारीलाई शुक्रवार अर्थात् नवमीको दिन बर्षमा एक दिन मात्रै खुल्ने तलेजु भवानीको दर्शन र साक्षात्कार गराइनेछ । पुर्ण तान्त्रिक विधिपुर्वक तलेजु भवानीको दर्शन एंव साक्षात्कार गराएपछि मात्रै उनलाई पुर्णरुपमा जीवित देवी कुमारीको रुपमा पूजा गर्ने गरिन्छ ।

तलेजु भवानीको जीवित रुपमा कुमारीलाई पाउन सकिने नेवारी सम्प्रदायमा भएको मान्यता अनुसार पहिला कुमारीलाई तलेजु भवानीको प्रत्यक्ष दर्शन गराउने गरिन्छ । तलेजु भवानीको दर्शन गराउनका लागि कुमारीलाई कुमारी घरबाट पैदल हिडाएर लग्ने गरिन्छ । त्यस यता कुमारीलाई हिडाउने चलन छैन ।

गुठी संस्थान अन्र्तगत दिपक बहादुर पाण्डेयको संयोजकत्वमा गठित उपसमितिले सम्पुर्ण प्रक्रिया पुरा गरी कुमारीका लागि कन्या छनौट गरेको हो । उपसमितिले १८ वटा महाविहारका ३ जना प्रतिनिधि, पञ्चबुद्धका राजगुरुज्यु समेतको ५ जनाको छनौट समितिबाट कुमारीका लागि योग्य कन्या चयन गरेको थियो ।

वर्तमान कुमारीको उमेर हदका कारण प्रतिस्थापन गर्न आवश्यक देखिएको भन्दै गुठी संस्थानले नया कुमारीको रुपमा मञ्जुश्री नक महाविहारका विजयरत्न शाक्य र श्रृजना शाक्यकी ३ बर्षिया छोरी तृष्णा शाक्यलाई छनौट गरेको हो । चार जना मध्येबाट राष्ट्र अनुकुलको योग अनुसार तृष्णा शामक्यको कुण्डली मिलेकाले उनैलाई छनौट गरिएको गुठी संस्थानले जनाएको छ । कुमारी चयन गर्दा राष्ट्र अनुसारको कुण्डली योग मिलाउने चलन रहि आएको छ ।

बर्ष भरि विभिन्न पर्व विशेषमा पर्व जात्रा अवलोकनका लागि १३ पटक कुमारीको सवारी चलाउने गरिन्छ । कुमारीका लागि औपचारिक शिक्षा लगायतका सबै सेवा कुमारी घर भित्र नै उपलब्ध गराईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed