![]()
काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पलाञ्चोक ९ मा रहेको पलाञ्चोक भवगतीको दर्शन र पूजापाठ गर्नुभएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति पूजापाठका लागि त्यहाँ जानु भएको हो ।
नेपाली सेनाको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा अवरणपछि उहाँ मन्दिर पुग्नु भएको हो । उहाँको साथमा छोरी उषाकिरण भण्डारीलगायत सहभागी थिए ।
राष्ट्रपति भण्डारीलाई काभ्रेका प्रमुख जिल्ला अधिकारी एवं पलाञ्चोक भवगती विकास तथा सेवा समिति अध्यक्ष शिवप्रसाद सिंखडालगायतले स्वागत गरेका थिए । गणतन्त्रपछि पलाञ्चोक भगवती मन्दिरमा राष्ट्रप्रमुख सहभागी भएको यो पहिलो पटक हो । यसअघि २०७१ कात्तिकमा तत्कालीन उपराष्ट्रपति परमानन्द झा पुग्नु भएको थियो ।
मन्दिर विकास समितिले राष्ट्रपति भण्डारीलाई मन्दिरको जीर्णोद्धार ऐतिहासिकताबारे जानकारी गराएका थिए ।


