Breaking News.... EverestOnlineKhabar
October 2, 2026

यु–१८ फुटबल च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता

Loading

काठमाडौं । साफ यु–१८ फुटबल च्याम्पियनसिप विजेता नेपाली टोली स्वदेश फर्किएको छ । भुटानको थिम्पुमा सम्पन्न १८ वर्षमुनिको सो प्रतियोगिता जित्दै नेपाली टोली बिहीबार काठमाडौं आइपुगेको हो ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी एवं फुटबलप्रेमी समर्थकहरुले स्वागत गरे । भुटानमा भएको प्रतियोगिताको अन्तिम दिन बुधबार भारतलाई २–० ले हराउँदै नेपालले उपाधि रक्षा गरेको थियो । नेपालको जितमा दुबै गोल दिनेश हेन्जनले गरेका थिए ।

दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यु–१९ फुटबलको उपाधि जितेको थियो । त्यसपछि भने यो प्रतियोगिता यु–१८ को ढाँचामा खेलाउन थालिएको हो ।

प्रतियोगितामा सहभागी दक्षिण एसियाका पाँच टोलीहरु सबैले एक–अर्कासँग खेलेपछि सर्वाधिक अंक प्राप्त गर्ने टोली विजेता बनेको हो ।
नेपाल र बंगलादेशको बराबर ९ अंक भएपछि ‘हेड टु हेड’का आधारमा नेपाल विजेता बनेको हो । समूहको खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed