![]()
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा देशभित्र र देश बाहिर बस्ने सबै नेपालीहरुमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजाले पारस्परिक विश्वास, सम्मान र एकताले मात्र समृद्धिको दिशामा अघि बढ्न सकिने बताउनु भएको छ । देश शान्त, सूस्थिर र सम्मानित भएको हेर्ने सबैको चाहना भएपनि पूरा हून नसकेकोमा आफूलाई दुख लागेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाभिमानसहितको प्रगति, नेपाली जनताले चाहेको हो । दुई विशाल छिमेकी मित्र राष्ट्रहरुबीच रहेको सुन्दर नेपाल, सेतु राष्ट्र हो । यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केहि बाह्य शक्तिद्वारा श्रोत परिचालन गरि प्रहार हूंदैं आएको अनूभव, नेपाली जनतामा हुनु सूखद विषय हुँदै होइन । त्यसैले, एकातिर सबैको सामूहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहां स्वाभिमान गुम्ने र सम्वृद्धि छाडिने स्थितिको सामना हामीले गरिरहनु परेको छ ।’
मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता विस्तापित भइरहेको र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित गरिएको भन्दै शाहले दलहरुको पनि कडा आलोचना गर्नुभएको छ ।
बिज्ञप्तीमा भनिएको छ ‘राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दै छौं, राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत कदापि होइन । किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजिनिती हूनू आवश्यक भई सकेको छ ।’
बिज्ञप्तीमा अगाडि भनिएको छ, ‘दुरगामी महत्वका राष्ट्रिय मूद्धाहरुको निरुपण जनमत मार्फत खोज्न हिचकिचाउनूलाई प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरुको निष्पक्ष भुमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहां पु¥याउँछ ? पहूंच नभएका नेपालीले कूनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हूनू पर्ने जून परिस्थिति बनाइएको छ त्यसको जिम्मेवारी कसले लिने ?’
यस्ता अनेकौं प्रश्नहरु जनमनमा रहंदा रहंदै, जवाफ दिने जिम्मेवार निकाय वास्तविकताको सामना नगरि तर्कन खोजेको अनूभुति हामीले गरेका छौं ।


