![]()
बिबिसि । ‘आपराधिक लापरवाही’मा दोषी ठहर भएपछि थाइल्यान्डकी पूर्वप्रधानमन्त्री यिङ्लक सिनावात्रालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । चामलमा अनुदान योजनाको दुरुपयोग गरेको अभियोग सिद्ध भएपछि उनलाई सजाय तोकिएको हो । दुरुपयोग भएको रकम आठ अर्ब डलर थियो ।
सिनवात्रालाई सन् २०१४ मा सैनिक विद्रोहमार्फत् सत्ताबाट हटाइएको थियो । त्यसलगत्तै उनीविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको थियो । आफूविरुद्ध लगाइएका सबै आरोप सिनावात्राले अस्वीकार गर्दै आएकी छन् । सिनावात्रा ग्रामीण क्षेत्रका बासिन्दा र गरीब मतदाताबीच लोकप्रिय छिन् ।
अदालतमा भएको सुनुवाइका क्रममा उनले उक्त योजनाको दैनिन्दिन ‘अपरेसन’मा आफू जिम्मेवार नरहेको तर्क गरेकी थिइन् । आफू राजनीतिक उत्पीडनको शिकार बनेको उनले बताएकी थिइन् ।
उनी सन् २०११ मा प्रधानमन्त्री बनेकी थिइन् ।


