![]()
काठमाडौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलबिद्युत परियोजना नरोकिने स्पष्ट पारेका छन् । काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री शाहीले बुढीगण्डकीको काम कुनैपनि हालतमा नरोकिने स्पष्ट पारेका हुन् ।
अदालतमा विचाराधिन रहेको मुद्दामा संसदीय समितिले हतारमा निर्णय गरेकोमा उनले आपत्ती जनाए । सरकारले कुनैपनि हालतमा परियोजना अघि बढाउने उनले बताए ।
मन्त्री शाहीले बुढीगण्डकी नबनाउनु भनेर भन्नु राष्ट्रवादी हुनै नसक्ने दाबी गरे । उनले भने ,‘समितिले कुनैपनि हालतमा काम अघि बढाउनुपर्छ भनेर निर्देशन दिनुपर्दथ्यो, बरु विधि र प्रक्रियाको बारेमा केही गलत भएको पाए सच्याउन निर्देशन दिनुपर्दथ्यो । ’
उनले विवादास्पद चीनको गेजुवा कम्पनी पुँजी भएको र काम गर्न सक्ने कम्पनी भएको दावी गरे । गेजुवाले कामै गर्दैन भन्नु गलत भएको उनले बताए ।
केही दिन अगाडि कृषी जलश्रोत तथा लेखा समितिले प्रक्रिया मिचेको, सार्वजनिक खरिद ऐन पालना नभएको जस्ता कारण देखाउँदै बुढीगण्डकी जलबिद्यूत आयोजना सम्बन्धी सम्झौता रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।


