Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एमालेलाई २ नम्बर प्रदेशबाट बढार्ने षडयन्त्र असफल : पूर्वप्रधानमन्त्री खनाल

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेलाई दुई नम्बर प्रदेशबाट बढार्ने षडयन्त्र असफल भएको बताउनु भएको छ ।

नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्बर १५ इकाई कमिटीले बुधबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले केही मधेश केन्द्रीत दल र सत्ता पक्षले प्रदेश नम्बर २ मा एमालेबिरुद्ध गरेको षडयन्त्र पूर्णतः असफल भएको बताउनुभयो ।

दुई नम्बर प्रदेशको निर्वाचनमा एमालेलाई प्रवेशै हुन नदिने ढंगले सरकारले धाँधली गरेपनि एमालेले सम्मानजनक मत पाएको दावी गर्नुभयो । आफ्ना उम्मेदबारको घर घरमा बम विष्फोट गराउने, धम्क्याउने लगायतका काम भएपनि त्यसलाई एमालेले दृढतापूर्वक सामना गरेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसले गरेको षडयन्त्र र धाँधलीको बाबजुत एमालेले सिट संख्याको आधारमा पाँचौ र मतका आधारमा दोश्रो स्थान हासिल गरेर आफनो तागत सिद्ध गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed