Breaking News.... EverestOnlineKhabar
June 4, 2026

रौतहटको परोह नगरपालिकाको जिंगडा बेलबिछवामा सेफ्टी ट्याङ्कीमा निस्सासिएर ३ जनाको मृत्यु 

Loading

रौतहट । रौतहटको परोहा नगरपालिका १ जिंगडा बेलबिछवामा नवनिर्मित घरको सेफ्टी ट्याङ्कीमा निसासिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मजदुर देवाह गोनाही १ करुनिया लक्ष्मीनियाका ३५ वर्षीय नगेसर माझी, अर्का मजदुर परोहा १ जिंगडवा बेलबिछवाका ३५ वर्षीय विजय बैठा र घर धनीका छोरा २६ वर्षीय अजय बैठा रहेका छन् ।

सेफ्टी ट्याङ्कीलाई ढलान गरिएको सेन्ट्री खोल्न सुरुमा माझी भित्र पसेका थिए । माझी ट्यांङकीभित्र ढलेपछि उनलाई उद्दार गर्न अर्को मजदुर बैठा पसेका थिए । दुवैजना भित्रबाट ननिस्केपछि घरधनीका छोरा अजय उनीहरुलाई हो हल्ला गर्दै बचाउन भित्र छिरेका थिए । एक अर्कालाई उद्दार गर्न छिरेका तीनैजना भित्र बेहोस भएर लडेका थिए ।

नजिकै खटिएका प्रहरी समेत उनीहरुलाई उद्दार गर्न भित्र पसेका थिए । सास फेर्न समस्या भएपछि उनीहरु फर्केका थिए । त्यसपछि एक्साभेटरको मद्दतले ३ नै जनालाई जिवितै उद्दार गरिएको थियो । उद्दारपछि शुकदेव चोकमा रहेको स्थानीय अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि उनीहरुलाई गौर अस्पताल र्पुयाइएको थियो । अस्पतालमा ३ नै जनालाई मृत घोषणा गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed