Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौ,११ असोज ।
दसैँ मनाउन घर जानेको संख्या बढेसंगै काठमाडौ उपत्यकामा चहलपहल घटेको छ । म‌ंगलबारसम्म १९ लाख जना दसैँ मनाउन घर फर्किएको र आजदेखि यो संख्या झनै बढ्ने ट्राफिक प्रहरीले जनाएको छ । वुधबारदेखि सार्वजनिक विदा शुरु भएपछि घर फर्किनेको संख्या बढेको हो । काठमाडौका कलंकी, कोटेश्वर, बल्खु लगायत ठाउँमा विहानैदेखि गाडी र यात्रुको लाम छ ।

पुर्व जाने गाडीका कारण काठमाडौको तिनकुनेदेखि भक्तपुरको सूर्यविनायकसम्म नै गाडीको लाम लागेको ट्राफिक प्रहरीले जनाएको छ । तर कामाण्डु उपत्यकाका भित्री सडकमा भने सडकमा गाडीको चाप घटेको छ । यस्तै,बजारमा पनि ग्राहक र सर्वसाधारणको चहलपहल निकै घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed