Breaking News.... EverestOnlineKhabar
June 4, 2026

च्याम्पियन्स लिगः म्यानचेष्टर सिटी, रियल मड्रिड, सेभिल्ला र टोटनह्याम विजयी

Loading

एजेन्सी,११ असोज ।
च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटी, रियल मड्रिड, सेभिल्ला र टोटनह्याम विजयी भएका छन् । गएरातिको खेलमा म्यानचेष्टर सिटीले सख्तर डोनेस्कलाई २–० ले हराएको हो । सिटीका लागि केभिन डे ब्रुइन र स्टर्लिङले गोल गरे । यस्तै, रियल मड्रिडले बोरुसिया डर्टमण्डलाई ३–१ ले हरायो । रियलको जितमा क्रिष्टियानो रोनाल्डोले २ तथा ग्यारेथ बेलले एक गोल गरे ।
त्यस्तै, ह्यारी केनको ह्याट्रिक मद्धतमा टोटनह्याम हट्स्परले एपोल निकोसियालाई ३–० ले हरायो । लिभरपुल भने स्पार्ताक मस्कोसँग १–१ गोलको बराबरीमा रोकियो । अरु खेलमा नापोलीले फेयनुर्डलाई ३–१ र सेभिल्लाले एनके मारिबोरलाई ३–० ले हरायो भने मोनाको पोर्टोसंग ३–० ले पराजित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed