Breaking News.... EverestOnlineKhabar
June 4, 2026

स्वास्थ्य मन्त्रीको दृढता : ‘लापरवाही गर्ने चिकित्सकलाई क्षतिपूर्ति दिलाउने कानून बनाउने निर्णयबाट सरकार पछि हट्दैन । ’

Loading

काठमाडौं । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले आन्दोलनरत नेपाल चिकित्सक संघलाई झट्का दिने गरी सरकार आफनो निर्णयबाट पछि नहटने स्पष्ट पार्नुभएको छ । स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएमा चिकित्सकले नै क्षतिपूर्ति दिने गरी कानुन बनाउने व्यवस्थाबाट सरकार पछि नहट्ने स्पष्ट पार्नुभयो ।

मन्त्री पोखरेलले चिकित्सक संघले उठाएको मागलाई सम्बोधन गर्ने तर मन्त्रिपरिषदले असोज २ गते गरेको निर्णय फिर्ता नहुने जानकारी दिनुभयो । चिकित्सक संघले भने सरकारको उक्त निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएको छ । मन्त्री पोखरेलले भने ‘मन्त्रिपरिषद्ले गरेको निर्णयलाई सही ढंगले लागू गर्दै र चिकित्सकको मागलाई पनि सम्बोधन गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गरी अगाडि जान सकिन्छ । त्यस मार्फत समाधान गर्न मन्त्रालय लागिपरेको छ ।’

मन्त्री पोखरेलले संसदमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयक पनि सबै पक्षको सहमतिमा छिट्टै पारित गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed