Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

एजेन्सी । धरानकी २२ वर्षीया सुष्मा लिम्बू ‘मिस हङकङ नेपाल २०१७’को उपाधि जित्न सफल भएकीछिन । १३ प्रतियोगीहरुलाई पछि पार्दै उनी यो उपाधि जित्न सफल भएकी हुन । सुष्माले फोटोजेनिक र ट्यालेन्ट टाइटल पनि आफनो पोल्टामा पार्न सफल भइन । उनलाई मिस ट्यालेन्टको २ हजारसहित नगद १२ हजार हङकङ डलर प्रदान गरिएको छ ।

प्रमुख निर्णायक क्याप्टेन विजय लामाले टप फाइभ प्रतियोगीहरुलाई ‘सौन्दर्य प्रतियोगितामा निर्णायकका गुणहरुबारे वर्णन गर्नुहोस् ?’ भनी सोधेको प्रश्नको सटिक जवाफ दिएपछि उनी बिजेता भएकी हुन । उनले लिखित जवाफ दिंदै भनिन, ‘ सौन्दर्य प्रतियोगिताले कसरी काम गर्छ भन्ने ज्ञान निर्णायकमा हुनै पर्छ । कपाल, छाला र पृष्ठभूमि होइन प्रतियोगीले सुन्दरता र प्रतिभाका साथ व्यक्त गरेको आत्मविश्वासलाई ध्यान दिन आवश्यक छ । ’

फस्ट रनरअप प्रजिला गर्बुजाले डिसिप्लिन र प्रेस्टिजियसको टाइटल पनि प्राप्त गरेकी छन् । उनले नगद ७ हजार डलर प्राप्त गरिन । मिस फिगर, वल्क र कल्चुरल ड्रेसको टाइटल २२ वर्षीया एलिसा गुरुङले जितिन । उनले नगद ५ हजार डलर प्राप्त गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed