Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्यालेस्टाइन बन्दुधकारीद्वारा तीन इजरायलीको हत्या

Loading

बिबिसि । बन्दुधकारी एक प्यालेष्टाइनीले गाली हानी तीन इजरायलीको हत्या गरेको छ । अधिनस्थ वेष्ट ब्यांकस्थित एक यहुदी बस्तीमा हमला गरी बन्दुधकारीले तीन इजरेली सुरक्षाकर्मीको हत्या गरेको बिबिसिले जनाएको छ ।

प्रहरीका अनुसार हार अदर बस्तीमा काम गर्ने ती हमलाकारीले बस्तीको प्रवेशद्वार नजिक आउँदा शंकास्पद गतिविधि गरे । लगत्तै उसले गोली चलाउँदा तीन जनाको ज्यान गयो । हमलाकारीलाई पछि गोली हानेर मारिएको बिबिसिले जनाएको छ ।

इजरायल तथा प्यालेस्टाइनबीच शान्ति वार्ता पुनः थाल्ने उद्देश्यका साथ अमेरिकी दूत जेसन ग्रीनब्लाट जेरुसलेम आइपुगेकै बेला यो घटना भएको छ । एक इजरेली मन्त्रीले कुनै पनि वार्ता शुरु हुनुभन्दा पहिले प्यालेस्टिनी आतंकवादी हमला रोकिनुपर्ने बताए ।
तर प्यालेस्टिनीहरु चाहिं हिंसा इजरेलको व्यवहारका कारण निम्तिएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed