Breaking News.... EverestOnlineKhabar
June 4, 2026

कम्प्युटरमा नयाँ भाइरसको खतरा, अपरिचित लिंकमा नजान सुझाव

Loading

एजेन्सी । कम्प्युटरमा नयाँ भाइरसको खतरा बढेको छ । साइबर सुरक्षासँग सम्बद्ध कम्पनी मालवेयर हन्टरले सो भाइरस पत्ता लगाएको हो । यो भारइरसले कम्प्युटरमा आक्रमण गरेपछि प्रयोगकर्तासँग उसको नग्न तस्वीर माग गर्दछ ।

यो भाइरसको नाम ‘एन रेन्समवेयर’ रहेको छ । यसले आक्रमण गरेपछि कम्प्युटरका सबै सिस्टम ब्लक हुने खतरा हुन्छ । कम्प्यूटर खोल्नासाथ ह्याकरको एउटा सन्देश देखिन्छ, जसमा कम्प्युटर ‘लक’ गरिएको र एउटा खास कोडले मात्र खोल्न सकिने उल्लेख हुन्छ ।
स्क्रिनमा जारी सन्देशमा एउटा ईमेल आइडी पनि हुन्छ । सन्देशमा लेखिएको हुन्छ– ‘हामी तत्काल प्रतिक्रिया जनाउँदैनौं तर जब हामी प्रतिक्रिया जनाउँछौं, तपाईले आफ्नो १० वटा नग्न तस्वीर पठाउनुपर्ने हुन्छ । त्यसपछि तपाईले उक्त तस्वीर आफ्नै भएको प्रमाणित गर्नुपर्ने हुन्छ । त्यससपछि मात्र हामी तपाईलाई अनलक कोड दिनेछौं ।’

मालवेयरको जाँच गर्ने ‘भाइरस टोटल’ र ‘हाइब्रिड एनालासिस’ जस्ता टुल्सले एन रेन्सम भाइरसलाई निकै खतरनाक श्रेणीमा राखेको छ ।
यो भाइरसले कम्प्युटर फाइललाई ‘लक’ गर्दैन तर कम्प्युटरमा प्रयोगकर्ताको पहुँचलाई नै बन्द गरिदिन्छ । एक रुसी कम्पनीका अनुसार यो भाइरसले विन्डोज प्रयोगकर्तालाई असर र्पुयाउँदै आएको छ ।

ह्याकरले कम्प्यूटर प्रयोगकर्ताको नग्न तस्वीर किन मागे भन्नेबारे केही थाहा हुन सकेको छैन । यो भाइरसबाट बच्नका लागि कुनै अपरिचित लिंकमा नजान विज्ञहरुले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed