Breaking News.... EverestOnlineKhabar
August 14, 2026

मन्त्रीको ठाडो आदेशमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम ‘आउट’

Loading

काठमाडौं । पर्यटन मन्त्री जितेन्द्र नारायण देवले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमलाई पदबाट हटाएका छन् । महानिर्देशक गौतमले दोस्रो पटक पर्यटन सचिव महेश्वर न्यौपानेद्वारा सोधिएको २४ घन्टे स्पष्टीकरणको लिखित जवाफ पठाएपनि चित्त बुझदो नभएपछि उनलाई सो पदबाट हटाइएको हो ।

विजय कुमार गच्छादारको लोकतान्त्रिक फोरमबाट मन्त्री चुनिएका देवलाई महानिर्देशक गौतमलाई हटाउन ठूलो दबाब परेको चर्चा थियो ।
काठमाडौं विमानस्थल बिस्तारको ठेक्का लिने तर कामै नगर्ने स्पेनिश कम्पनी सानजोसेसँग ठेक्का तोड्ने महानिर्देशक गौतमलाई मंगलबार पर्यटन मन्त्रालयबाट जिम्मेवारीबाट हटाइएको र मन्त्रालयमा तानिएको पत्र पठाइएको छ ।

पत्रमा गौतमलाई तीन सदस्यीय कार्यदलको संयोजक तोकिएको लेखिएको छ । तर, त्यसमा अन्य दुई सदस्य को छन ? कार्यअवधि कति हो ? लगायतका विषयमा प्रष्ट्याइएको छैन । महानिर्देशक गौतम भने पत्र बुझनु अघि नै विदामा बसेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed