Breaking News.... EverestOnlineKhabar
August 14, 2026

एएफसी सोलिडारिटी कप विजेता नेपाली फुटबल टोलीलाई सम्मान

Loading

काठमाडौं । एएफसी सोलिडारिटी कप विजेता नेपाली फुटबल खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोलिडारिटी कप विजेता नेपाली खेलाडी र अफिसियललाई प्रतिव्यक्ति ३ लाख नगदसहित सम्मान गरेको हो ।

एन्फाले करिब १ वर्षपछि नेपाली फुटबल खेलाडीलाई नगदसहित सम्मान गरेको हो । एन्फाले प्रतियोगिता जितेकै दिन प्रत्येक खेलाडी, प्रशिक्षक तथा अफिसियललाई ३ लाख नगदले सम्मान गर्ने घोषणा गरेको थियो ।

नेपालले गत वर्षको कात्तिक ३० गते मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो ।  २३ जना खेलाडी र प्रशिक्षक तथा अफिशियल गरी २७ जना सम्मानित भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed