![]()
काठमाडौं । व्यवस्थापिका–संसद्को बैठकले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७४ ’लाई सर्वसम्मतिले पारित गरेको छ । गृहमन्त्री जनार्दन शर्माले विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव पारित भएको हो ।
यसअधि सो विधेयकमाथि दफावार छलफल भएको थियो । नेकपा एमालेका सांसद गंगालाल तुलाधरले विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र नभई प्राधिकरण र व्यवस्थापन प्राधिकरणमा निजामती कर्मचारी नभई विज्ञ राख्न सुझाव दिएका थिए ।
नेकपा माओवादी केन्द्रका हितराज पाण्डे र सीता नेपालीले संघीयताको मर्मअनुरुप विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र बनाउनुपर्ने बताएका थिए ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विपद्को परिभाषाको दायरालाई फाराकिलो बनाउन सुझाव दिएका थिए ।


