Breaking News.... EverestOnlineKhabar
June 8, 2026

नेपाली सेनाका खगेन्द्र रानाभाट यस वर्षको लिगलिगे राजा

Loading

गोरखा । नेपाली सेनाका खगेन्द्र रानाभाट यस वर्षको लिगलिगे राजा भएका छन् । लिगलिगकोट विकास अभियानले दौडेर राजा छानिने परम्परालाई निरन्तरता दिंदै यो बर्ष रानाभाटालाई राजा घोषित गरेको हो ।

डोटी घर भएका रानाभाटलाई श्रीपेच लगाएर यसवर्षको लिगलिगे राजा घोषणा गरिएको हो । उनले श्रीपेच र रु ५० हजार नगद समेत प्राप्त गरे । रानाभाटले एक घण्टा दुई मिनेटमा निर्धारित १३.५ किलोमिटर दौड पूरा गरेका थिए । चेपे नदीस्थित चेपेघाटदेखि लिगलिगकोट डाँडासम्म दौड पूरा गर्नुपर्ने नियम छ ।

यस्तै नेपाली सेनाकै रामजी बस्नेतले एक घण्टा तीन मिनेटमा निर्धारित दूरी पार गरी दोस्रो भएका छन । बस्नेतलाई रु ३० हजार पुरस्कार प्रदान गरियो । यस्तै नेपाली सेनाका अनिश बस्नेतले एक घण्टा ५ मिनेटमा दौड पूरा गरी तेस्रो भए । उनलेरु. २० हजार नगद प्राप्त गरे । प्रतियोगितामा ११७ जना धावकले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed