![]()
दाङ । चर्चित गायिका एवम राप्रपाकी केन्द्रीय सदस्य कोमल वली नेकपा एमालेमा प्रवेश गरेकी छन ।
सोमबार दाङमा आयोजित विशेष समारोहमा एमाले उपाध्यक्ष बामदेव गौतमले ओली लगायत बिभिन्न दलबाट आएका नेता कार्यकर्तालाई स्वागत गरे ।
ओलीसंगै कांग्रेसका बलिभद्र राना, डिल्लीराज खडका, नयाँ शक्ति पार्टीकी निर्मला विक, जनमुक्ति पार्टीका कमला देउजा, राप्रपाका यामिन्द्र वलि लगायतलाई उपाध्यक्ष गौतम, शंकर पोखरेल र शान्ता चौधरीले स्वागत गरे ।


