Breaking News.... EverestOnlineKhabar
June 8, 2026

विकास र समृद्धिमा लाग्न सबै नागरिकलाई पूर्व प्रधानमन्त्री खनालको आह्वान

Loading

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि आ–आफनो क्षेत्रबाट लाग्न सबै नागरिकलाई आह्वान गर्नुुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री खनालले निर्वाचनसंगै मुलुकमा राजनीतिक व्यवस्थापन सुध्रिदै गएकाले अब समृद्धिका लागि पनि जुटनुपर्ने धारणा राख्नुभयो ।

नेता खनालले मंसिरको निर्वाचनपछि मुलुकको बागडोर एमालेले सम्हाल्ने र त्यसपछि अग्रगमन र विकासको गति पनि सुरु हुने दावी गर्नुभयो । उहाँले स्थानीय तहको चुनावमा जनताले दिएको बिश्वासलाई एमालेले कायमै राख्ने बिश्वाससमेत दिलाउनुभयो ।

प्रदेश र संसदको निर्वाचनमा कस्तो ब्यक्ति र कुन पार्टीलाई मत दिईएको छ भन्नेबाट देशको दूरगामी भबिष्यको बिषय जोडिने भएकाले निर्वाचनमा एमालेलाई पहिलो बनाउन उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed