![]()
काठमाडौं । प्रा. डा. गोविन्द केसीले सोमबारबाट फेरि आमरण अनशन शुरु गर्नुभएको छ । चिकित्सा शिक्षा विधेयक गुपचुप गरी पारित गर्न लागिएको भन्दै केसीले १२औं पटक आमरण अनशन सुरु गर्नुभएको हो ।
यसअघि केसीले आफनो माग बिपरित चिकित्सा शिक्षा विधेयक पारित गरे असोज २० गतेदेखि अनसन बस्ने चेतावनी दिनुभएको थियो । तर, संसदमा विचाराधीन विधेयक पारित गर्ने अन्तिम तयारी भइरहेको थाहा पाएपछि उहाँले सोमबारबाटै अनशन थाल्नु भएको हो ।
केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी सरकार आफूले राखेका माग पूरा गर्नुको साटो घुमाउरो पारामा विधेयक पारित गर्न लागेकामा आक्रोश व्यक्त गर्नुभयो ।
केसीले माथेमा आयोगको प्रतिवेदन हुबहु पारित हुनुपर्ने, आयल निगमका तत्कालीन प्रमुख गोपाल खड्कालाई कारवाही गर्नुपर्ने माग राख्नुभएको छ ।
यसअघि केसीले आफनो ११औं अनशन २३ औं दिनमा अनशन स्थगित गर्नुभएको थियो ।


