Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

बाँके । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छोडेर गएका मोहन बैद्य, नेत्रबिक्रम चन्द तथा बाबुराम भट्टराई अन्ततः माओवादी केन्द्रमै फर्कने दावी गर्नुभएको छ ।

बाँकेको कोहलपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले टुटफुटले नभइ जुटेर लक्ष्य प्राप्ती हुने भएकाले बैद्य, बिप्लव र बाबुरामलाई पार्टीमा फर्कन आग्रह गर्नुभयो ।

शान्ति प्रक्रियायता विभिन्न अभ्यासका लागि माओवादी घटकहरु विपरित ध्रुवमा बिभाजित भएपनि पछिल्लो समय केन्द्रीकृत हुने क्रम बढेको भन्दै उहाँले खुशी ब्यक्त गर्नुभयो । पार्टी टुटफुट भएकै कारण जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा भएकालेसबै माओवादी घटकहरु एकैठाउँमा उभिनुको विकल्प नभएको उहाँले बताउनुभयो ।

कार्यक्रममा उहाँले बिभिन्न पार्टीबाट आएकाहरुलाई पार्टीमा प्रवेश गराउनुभयो । उहाँले आगामी १० बर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने दाबी समेत गर्नुभयो । अध्यक्ष प्रचण्डले हालै सम्पन्न २ नम्बर प्रदेशको निर्वाचनमा माओवादीले सन्तोषजनक जीत हासिल गरेको समेत उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed