Breaking News.... EverestOnlineKhabar
June 7, 2026

भारतमा धार्मिक गुरु ‘फलहारी महाराज बाबा’ बलात्कारको आरोपमा पक्राउ

Loading

एजेन्सी । भारतमा एकपछि अर्को गर्दै धार्मिक गुरुहरुको पर्दाफास हुन थालेको छ । अहिले पुनः अर्को पटक भारतमा प्रख्यात मानिएका धार्मिक गुरु ‘फलहारी महाराज बाबा’ बलात्कारको आरोपमा पक्राउ परेपछि अर्को सनसनी फैलिएको छ ।

भारतको राजस्थानस्थित अल्वार आश्रमबाट ‘जगदगुरु रामानुजाचार्य स्वामी कौशलेन्द्र प्रपन्नाचारी फलहारी महाराज बाबा’ले २२ वर्षीय कानुनको छात्रालाई बलात्कार गरेको उजुरीको आधारमा उनी पक्राउ परेका हुन ।

गत सेप्टेम्बर ११ मा ती युवतीले प्रहरीमा उजुरी दिएपछि नीजि अस्पतालको आइसियुमा भर्ना भएका ‘फलहारी महाराज बाबा’लाई पक्राउपछि प्रहरीले सरकारी अस्पताल सारिएकोे थियो ।

कानुनको बिद्यार्थी रहेकी ती युवतीका अनुसार बाबाकै सिफारिसमा सर्वोच्च अदालतमा इन्टनसिप गरेकी थिइन् । इन्टनसिप सकिएलगत्तै गत अगष्ट ७ का दिन बाबाको आशिर्वाद लिन राजस्थानस्थित बाबाकै दिब्य धाम आश्रम पुगेकी थिइन् । उक्त दिन रक्षाबन्धन परेकोले बाबाले उनलाई आश्रममै बस्न निर्देशन दिएका थिए । ती युवतीले आश्रममा बाबालाई १० हजार रुपैयाँ भेटिसमेत चढाएको बताएकी छन् ।

त्यहि रात ‘फलहारी महाराज बाबा’ले उनलाई वलात्कार गरेको ती युवतीको आरोप छ । घटनावारे अरु कसैलाई नभन्नसमेत बाबाले चेतावनी दिएको उनले बताइन् ।

बाबालाई पक्राउ गरेपछि उनका वकिलले अदालतमा ‘फलहारी महाराज बाबा’ ६० वर्षकै उमेरदेखि नपुंसक रहेको बताएका छन् ।
गत महिना मात्रै भारतीय बाबा राम रहिमलाई बलात्कारको घटनामा २० वर्षको जेल सजाय सुनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed