![]()
सप्तरी । सप्तरीको कन्चनरुप नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । सो नगरपालिकामा एमालेका उम्मेदवार बसन्त मिश्र ५०४२ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ललन गुप्ताले ४२७५ मत प्राप्त गरे ।
उपमेयरमा भने नेपाली कांग्रेसकी निरु पोखरेल बिजयी भइन । उनले ४७५८ मत प्राप्त गरिन । उनकी निकटतम प्रतिष्पर्धी एमालेकी आशरादेवी चौधरीले ४५२२ मत प्राप्त गरिन । यसअघि एमालेले जिल्लाको सप्तकोशी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा जितेको थियो ।


