![]()
बारा । बाराको सजतपुर सिमरा उपमहानगरमा एमाले विजयी भएको छ । सो उपमहानगरपालिकाको मेयरमा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी विजयी भएका हुन । पौडेलले ्१४ हजार ८ सय ६८ मत प्राप्त गरे । चौधरीले १४ हजार ४ सय ५९ मत प्राप्त गरे । मेयरमा निकटम प्रतिस्पर्धी कांग्रेसका कृष्णब्रत सिंह १२ हजार ४३ र उपमेयरमा नारायणी रायमाझीले १२ हजार ४ सय ६५ मत प्राप्त गरे ।
यसैगरी महागढीमाई नगरपालिकामा कांग्रेसका उपेन्द्र यादव मेयर र उपमेयरमा तारादेवी कानु विजयी भएका छन् । यादवले ५ हजार ७ सय ६५ र कानुले ५ हजार ३ सय ७५ मत प्राप्त गरे । निकटम प्रतिस्पर्धी संघीय फोरम समाजवादी फोरमका मेयर उम्मेदवार शारदाशंकर जयसवाल ५ हजार २ सय १५ मत र उपमेयरमा माओवादी केन्द्रकी उपमेयर ममता साहले ४ हजार ७ सय ७५ मत प्राप्त गरे ।


