Breaking News.... EverestOnlineKhabar
June 7, 2026

दशैंका लागि उपत्यका छाडनेहरुको घुँइचो, दैनिक एक लाख बाहिरिदै

Loading

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड बडादशैँ लागेसंगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ । घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको छ । उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट दैनिक हजारौं यात्रु बाहिरिने गरेका छन् । घटस्थापनादेखि आजसम्म करिब चार लाख बाहिरिसकेका छन ।

घटस्थापनाका दिन १३ हजार ३४९ सवारी साधनमा ९७ हजार ३४०, दोस्रो दिन १३ हजार ३२१ सवारी साधनमा एक लाख सात हजार ७८ र तेस्रो दिन १४ हजार ४१९ सवारी साधनमा एक लाख ११ हजार ७३४ यात्रु बाहिरिएको जनाइएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैँका लागि ६ हजारको हाराहारीमा सार्वजनिक सवारी साधन सेवामा रहेको जनाएको छ । यातायात व्यवस्था विभागले यो वर्ष दशैँ मान्न २० देखि २१ लाख यात्रु बाहिरिने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed