Breaking News.... EverestOnlineKhabar
June 7, 2026

स्पेनिस ला लिगाःपछिल्लो खेलमा रियल मड्रिडको जित

Loading

मड्रिड,८ असोज ।
यो सिजन स्पेनिस ला लिगा फुटबलमा खराब प्रदर्शन गरिरहेको रियल मड्रिडले जितको लय समातेको छ । अवे मैदानमा शनिबार राति भएको खेलमा रियल मड्रिडले एलाभेसलाई २–१ ले हरायो । रियल मड्रिडको जितमा दुवै गोल डानी सेबालोस फर्नान्डेजले गरे ।
यो सिजन ला लिगामा दोस्रो खेल खेलेका क्रिष्टियानो रोनाल्डोले गोल गर्ने राम्रा प्रयास गरे तर सफल भने हुन सकेनन् । एलाभेसका लागि गार्सिया सान्चेजले एक गोल फर्काए । यो सिजन रियल बेटिसबाट रियल मिड्रड आएका डानी सेबालोसले आफ्नो पहिलो खेलमा नै दुई गोल गरेका हुन् ।
२१ वर्षका डानीले १० औं मिनेटमा गोलगर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । ४० औं मिनेटमा सान्चेजले एलाभेसका लागि बराबरी गोल फर्काए । तर त्यसको तीन मिनेटपछि डानीले व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडलाई २–१ को जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।
रियलका कप्तान सर्जियो रामोस र रोनाल्डोले पनि गोल गर्ने अवसर बनाएका थिए । तर त्यसमा सफल हुन सकेनन् । खेलको अन्तिम तिर दुवै टिमले गोल गर्ने राम्रो प्रयास गरेका थिए । तर खेलमा थप गोल हुन सकेन । जितपछि ६ खेलबाट ११ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ । राति नै भएको खेलमा सेभिल्लालाई २–० ले हराएको एथ्लेटिको मड्रिड १४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । १३ अंक रहेको सेभिल्ला तेस्रो स्थानमा छ । शनिबार राति नै भएको खेलमा एथ्लेटिको बिल्बाओले मालागासँग ३–३ को बराबरी खेल्दै अंक बाँडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed