![]()
काठमाडौ,८ असोज ।
एएफसी अन्डर–सिक्टिन च्याम्पियनसीप फुटबलको छनोटमा आज नेपाल र प्यालेस्टाइन भिड्दै छन् । सशस्त्र प्रहरीको खेल मैदान हल्चोकमा नेपाल र प्यालेस्टाइनबीचको खेल दिउँसो साढे ३ बजे शुरु हुने छ ।
नेपालले प्यालेस्टाइनलाई फराकिलो गोलअन्तरले हराए र अर्को खेलमा इराकले भारतलाई हराए उत्कृष्ट उपविजेताका रुपमा च्याम्पियसिपमा छनोट हुने नेपालको सम्भावना कायमै रहन्छ ।
समूहको पुछारमा रहेको प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिइसकेको छ । इराक अंकतालिकाको पहिलो र भारत दोस्रो स्थानमा छन् । भारत र इराकबीचको खेल पनि आजै हुँदै छ ।
१० समूहमा भइरहेको छनोट प्रतियोगितामा सबै समूहका विजेता च्याम्पियनसिपका लागि छनोट हुनेछन् भने १० समूहका १० उपविजेतामध्ये ५ देश उत्कृष्ट उपविजेताका रुपमा छानिनेछन् ।


