Breaking News.... EverestOnlineKhabar
June 5, 2026

इरानले पनि गर्‍यो मिसाइल परीक्षण

Loading

तेहरान,८ असोज ।
इरानले मध्यम दूरीको मिसाइल परीक्षण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा इरान दुष्ट देश रहेको बताएको प्रतिक्रिया स्वरुप इरानले मध्यम दूरीको मिसाइलको सफल परीक्षण गरेको हो ।
दुई हजार किलोमिटर परसम्म मारहान्न सक्ने मिसाइलको परीक्षण राष्ट्रिय टेलिभिजनबाट देखाइएको थियो । तर परीक्षण कहाँबाट गरिएको हो भन्ने खुलेको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार महासभालाई सम्बोधन गर्ने क्रममा इरानलाई दुष्ट शासन सत्ताको सानो समूहको रुपमा चित्रित गर्नुभएको थियो ।
परमाणु कार्यक्रमको र अमेरिका तथा इरानबिच सन् २०१५ मा भएको सम्झौताको विषयलाई लिएर ट्रम्पले यस्तो बताउनुभएको थियो । ट्रम्पले परमाणु सम्झौता अमेरिकाका लागि लाजको विषय रहेको पनि बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed