Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभामा इरानबिरुद्ध कडा टिप्पणी गरे लगत्तै इरानले नयाँ बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । तेहरानको एउटा सैनिक परेडमा खूरामशार क्षेप्यास्त्रमा मिसायलको सफल परीक्षण गरेको जनाइएको हो ।

परीक्षण गरिएको क्षेप्यास्त्रले २ हजार किलोमिटरसम्म मार हान्न सक्ने बताइएको छ । त्यहाँको सरकारी टेलिभिजनले क्षेप्यास्त्र परीक्षणका फूटेजहरु प्रसारण गरेको थियो ।

यसअघि इरानले गत जनवरीमा खूरामशार क्षेप्यास्त्रको परीक्षण गरेको थियो तर मध्यमार्गमै त्यो विस्फोट भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै इरानको क्षेप्यास्त्र कार्यक्रमको आलोचना गरेको केही दिनपछि इरानले पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेको हो । तर इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रमको बचाउ गर्दै आएको छ ।

इरानी राष्ट्रपति हसन रुहानीले आफ्नो मुलुकको क्षेप्यास्त्र कार्यक्रम प्रतिरक्षा गर्ने प्रयोजनका निम्ति भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed