![]()
झापा,६ असोज ।
घरेलु टोली झापा–११ लाई हराउँदै राजधानीको हिमालयन शेर्पा क्लब प्रथम दूधे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको शिवसताक्षीस्थित दूधेमा जारी प्रतियोगिताको बिहीबारको खेलमा झापा–११ लाई हिमालयन शेर्पाले टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो ।
निर्धारित् समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । खेलको‘म्यान अफ द म्याच’ हिमालयन शेर्पाका विजय श्रेष्ठ घोषित भए ।


