Breaking News.... EverestOnlineKhabar
June 7, 2026

ट्रम्प–किम वाकयुद्ध ‘बच्चाहरुको झगडा’ जस्तै : रुस

Loading

बिबिसि । रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनबीचको वाकयुद्ध साना ’बच्चाहरुको झगडा जस्तै’ भएको बताएका छन् ।

यसअघि किमले ट्रम्पलाई ‘दिमागी हालत ठीक नभएको गुण्डा’ भनेका थिए । ट्रम्पले उत्तर कोरियालाई ‘सिध्याइदिने’ चेतावनी दिएपछि किमले त्यस्तो जवफ फर्काएका हुन । केही दिनअघि ट्रम्पले किमलाई ‘एकजना पागल मानिस जसलाई अहिलेसम्म नगरिएको जाँच गरिनेछ’ भन्दै ट्वीट गरेका थिए ।

ट्रम्प र किमबीचको वाकयुद्ध जारी रहेका बेला रुसी विदेशमन्त्री लाभ्रोभले तनाव शान्त पार्न जरुरी रहेको बताएका छन् । उनले भने, “हो, उत्तर कोरियाको पारमाणु अस्त्र विकासलाई चुपचाप हेरेर बस्न स्वीकार्य हुँदैन तर कोरियाली प्रायद्वीपमा युद्ध थाल्नु पनि अस्वीकार्य हुन्छ ।“


लाभ्रोभले भनेका छन, राजनीतिक प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्छ जुन संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को एउटा हिस्सा पनि हो । उनले भने, “चीनसँग मिलेर हामीले उचित समाधानका लागि प्रयास जारी राख्नेछौँ न कि भावुक भएर कसैले पनि रोक्न नसक्ने साना बच्चाहरुले जस्तो झगडा गर्न थाल्छौँ ।“

राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले आफ्नो वा आफ्ना साझेदार मुलुकहरुको रक्षा गर्नुपर्ने अवस्था आए उत्तर कोरियालाई ‘पूर्णरुपमा ध्वस्त पारिदिने’ बताएपछि किम ट्रम्पविरुद्ध खनिएका हुन् । किमप्रति व्यंग्य गर्दै ट्रम्पले भनेका थिए, “रकेट मान्छे आत्महत्या गर्ने अभियानमा छन ्।“

त्यसपछि किमले ट्रम्पलाई ‘दिमागी हालत ठीक नभएको गुण्डा’ भन्दै उनको भनाईले आफूले उत्तर कोरियाका लागि अस्त्रको विकास गर्नु ठीक भएको पुष्टि गरेको प्रतिक्रिया दिए । विरलै ठानिने व्यक्तिगत वक्तव्य दिंदै किमले आफ्नो भनाईका लागि ट्रम्पले ‘चर्को मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed