![]()
एजेन्सी । दक्षिण कोरियामा बस्ने नेपालीहरुको संख्या करिब ३६ पुगेको एक तथ्याङ्क सार्वजनिक भएको छ । बिभिन्न शिलशिलामा दक्षिण कोरिया पुगेका नेपालीहरुको संख्या ३५ हजार ७ सय ११ रहेको तथ्यांक सार्वजनिक गरिएको हो ।
यस वर्षको जुलाई अन्तिमसम्मको तथ्यांक अनुसार पुरूषको संख्या ३१ हजार ७ सय ५३ र महिलाको संख्या ३ हजार ९ सय ५८ रहेको छ ।
कोरियामा अवैधानिक रूपमा रहेका नेपालीहरूको संख्या ३ हजारभन्दा बढि रहेको अनुमान गरिएको छ । कोरियन नागरिकसँग बिहे गरि आउने, व्यापारिक शिलशिलामा आउने तथा अध्यनरत विद्यार्थीको संख्यासमेत उक्त तथ्याङ्कमा समाबेस छन ।
सन् २००८ मा इपिएस लागू भए यता कामदारको रूपमा कोरिया आउने नेपालीको संख्या सबैभन्दा धेरै छ भने अध्यनको शिलशिलामा कोरिया आउनेको संख्या करिब ९ सयको हाराहारीमा रहेको छ । कोरियन नागरिकसँग बिहे गरि आउनेको संख्या करिब २ सयको हाराहारीमा रहेको बताइएको छ ।


