![]()
काठमाडौ,६ असोज ।
स्थानीय तहको तेस्रो चरणअन्तर्गत प्रदेश २ का आठ जिल्लामा भएको चुनावको बिहीबार बेलुकासम्म ३२ स्थानको परिणाम आएको छ । त्यसमा कांग्रेस ११ स्थानीय तहमा विजयी भएको छ भने राष्ट्रिय जनता पार्टी (राजपा) ले ६ स्थानमा जितेको छ । एमाले र माओवादीले पाँच–पाँच स्थान जितेका छन् । संघीय फोरमले तीन स्थान र फोरम लोकतान्त्रिकले दुई स्थान जितेका छन् । नेपाली जनता दल एक स्थानमा विजयी भएको छ ।
जारी मतगणनामा पनि कांग्रेस नै अगाडि छ । उसले ३५ स्थानमा अग्रता लिएको छ । माओवादीले १८, राजपाले १५, संघीय फोरमले २२ र एमालेले १४ स्थानमा अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार २ स्थानमा अगाडि छन् । लोकतान्त्रिक फोरम, नेपाली जनता दल र जनशक्ति एक–एक स्थानमा
अगाडि छन् ।


