![]()
एजेन्सी । शुक्रबार रिलिजको तयारीमा रहेको श्रद्ध कपुरको फिल्म ‘हसिना पार्कर’ अदालत पुगेको छ । फिल्मबिरुद्ध अदालतमा मुद्दा परेपछि श्रद्धालाई अर्को टाउको दुखाई भएको छ । अदालतमा फिल्मको लगानीको जाँच शुरु भएको छ ।
अपूर्व लाखियाको फिल्म हसिना पार्कर अन्डवर्ल्ड दाउद इब्राहिमको बहिनीको जीवनीमा आधारित छ । फिल्ममा अभिनेत्री श्रद्दा कपुरले हसिनाको भूमिका निर्वाह गरेकी छन् भने उनको भाई पनि यस फिल्ममा छन् ।
हालै हसीना पार्करको घरबाट उनको भाई इकबाल कासकर गिरफ्तार भएका छन् । उनी जवरजस्ती पैशा असल्ने एक मुद्दामा पक्राउ परेका हुन । इकबाल कासकर दाउद इब्राहिमका भाई हुन् ।
यस फिल्मलाई लिएर श्रद्दा कपुर निकै उत्साहित छिन ्। हसिना पार्करमा श्रद्दा र सिदान्तको अलावा अंकुर भाटिमा पनि छन् ।
२२ सेप्टेम्बर अर्थात शुक्रबार फिल्म रिलिज हुने भनिएको छ ।


