Breaking News.... EverestOnlineKhabar
June 7, 2026

भलिबल खेलाडी प्रतिभा अभ्यासका लागि नेदरल्याण्ड्सतर्फ, तीन साता अभ्यास गर्ने

Loading

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबलकी सदस्य प्रतिभा माली अभ्यासका लागि नेदरल्याण्डस जाने भएकीछिन । नेदरल्याण्ड्समा अभ्यास गर्नका लागि जान लागेकी प्रतिभालाई साहस स्पोर्ट्सले बिहीबार एक कार्यक्रम गर्दै बिदाइ गरेको छ ।

साहस स्पोर्ट्सको ब्रान्ड एम्बासडर समेत रहेकी प्रतिभा युरोप अभ्यासका लागि जाने पहिलो नेपाली महिला भलिबल खेलाडी हुन् । ३ साता नेदरल्याण्ड्स अभ्यासमा उनले त्यहाँका राष्ट्रिय टिमसँग प्रशिक्षण गनेछिन ।

बिदाइ कार्यक्रममा प्रतिभाले प्रशिक्षणको दौरानमा आफूले नयाँ कुराहरू सिक्ने मौका पाउने धारणा राखिन । प्रतिभा माली न्यु डायमण्ड एकेडेमीकीकातर्फबाट खेल्दै आएकीछिन । केही महिनाअघि नेदरल्याण्ड्स भलिबल संघका विकास प्रबन्धक पिटर भान तरेल नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमणका दौरानमा पिटर भान तरेल प्रतिभाको खेलबाट मोहित बनेका थिए । उनी नेदरल्याण्ड्स फर्केपछि नेदरल्याण्ड्स भलिबल संघले प्रतिभालाई अभ्यासको लागि बोलाएको हो ।

प्रतिभा माली नेपाली भलिबलकी सबै भन्दा कान्छी खेलाडी हुन् । उनले १३ बर्षकै उमेर नेपाली महिला भलिबलबाट खेल्न थालेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed